तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौं, साउन २८ : काठमाडौंलगायत देशका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका-१६ पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास...
काठमाडौं, साउन २८ : काठमाडौंलगायत देशका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१६ पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-२६ बस्ने बाग्लुङ बुर्तिबाङ गाउँपालिका-६ घर भएका ३३ वर्षीया नरमाया बुढामगर लगायत आठजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६९ हजार ८ सय ६० रुपैयाँ र १० गड्डी ताससहित पक्राउ गरेको हो।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-१० उत्तमचोक डेरा गरी बस्ने ३५ वर्षीया सरु गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सरुलगायत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।











