फलोअप : विश्व हिन्दू महासंघको जग्गामा संरचना नबनाउन उच्च अदालतको आदेश
काठमाडौं, साउन २८ : उच्च अदालत पाटनले विश्व हिन्दू महासंघ केन्द्रीय कार्यालयको संरचना तथा जग्गामा पर्ने गरी कुनै पनि संरचना नबनाउन काठमाडौं महानगरपालिकाका नाममा...
काठमाडौं, साउन २८ : उच्च अदालत पाटनले विश्व हिन्दू महासंघ केन्द्रीय कार्यालयको संरचना तथा जग्गामा पर्ने गरी कुनै पनि संरचना नबनाउन काठमाडौं महानगरपालिकाका नाममा जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
कामनपा– ३ बाँसबारीमा रहेको महासंघ भवन र जग्गामा महासंघलाई जानकारी नदिई अनधिकृत रूपमा महानगरपालिकाले संरचना बनाउन लागेको आरोपसहित अन्तरिम आदेश मागसहित परेको रिटमा अदालतले अन्तरिम आदेश दिएको हो।
न्यायाधीश वामदेव ज्ञवाली र महम्मद जुनैद आजादको संयुक्त इजलासले यो आदेशलाई निरन्तरता दिएको हो। महासंघका महासचिव अस्मिता भण्डारीका अनुसार महानगरपालिका– ३ ले विश्व हिन्दू महासंघको भवनमा क्षति पुग्ने गरी र महासंघको जग्गामा दमकल राख्ने ठाउँ बनाउन लागेको थियो।
महासंघको कार्यालय रहेको कित्ता नं. ५०६ को जग्गा सुरुमा नेपाली सेनाको नाममा थियो । नेपाल सरकारको स्वामित्व रहने गरि मन्त्रिपरिषद्ले २०६२ भदौ ३० गते महासंघलाई भोगाधिकार दिएको थियो ।
यो पनि पढ्नुहोस्
वडा कार्यालयद्वारा विश्व हिन्दू महासंघको जग्गा अतिक्रमण, उच्च अदालतबाट अन्तरिम आदेश जारी





-1789386172.jpg)





