Kathmandu Press

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, साउन २८ : आज पनि राष्ट्रिय सभाको बैठक बस्न लागेको छ।संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले...
आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, साउन २८ : आज पनि राष्ट्रिय सभाको बैठक बस्न लागेको छ।

संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउने कार्यसूची रहेको छ।

त्यस्तै, बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने कार्यसूची तय गरिएको छ।

यसैगरी, ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्