Kathmandu Press

भासुभीर दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

धनगढी, साउन २८ : भीमदत्त राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...
भासुभीर दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

धनगढी, साउन २८ : भीमदत्त राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदेश ३/०१/००२३ च ९०५९ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि पद्मा अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममै दुवै जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, सुशील साउँद र निर्मला खड्का घाइते भएका छन्।

आठ वर्षीय बालक सुशीलको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। घाइतेको धनगढीस्थित मयामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: ०६:३९ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्