Kathmandu Press

राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसँग वाणिज्यदूतहरूको शिष्टाचार भेट

काठमाडौं, साउन २७ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूसँग संघको नवनिर्वाचित कार्यसमितिले शिष्टाचार भेट गरेको छ। 

संघका अध्यक्ष लोकमान्य गोल्छाको नेतृत्वमा राष्ट्रपति कार्यालय पुगेको टोलीका सदस्यले सम्बन्धित देशहरूबाट नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यकताअनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन इच्छुक रहेको जानकारी गराएका थिए। हालसम्म उपलब्ध सहयोगप्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गरेको संघले जनाएको छ। 

प्रकाशित मिति: २०:१८ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्