धनुषामा करेन्ट लागेर २ जनाको मृत्यु, चट्याङ लागेर एकको मृत्यु
काठमाडौं, साउन २७ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया बस्ने बुलन यादवको घरमा भजन किर्तन गर्ने क्रममा माईकमा करेन्ट लागेर २ जनाको...काठमाडौं, साउन २७ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया बस्ने बुलन यादवको घरमा भजन किर्तन गर्ने क्रममा माईकमा करेन्ट लागेर २ जनाको मंगलबार साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा लक्ष्मिनिया गाउँपालिका २ बस्ने ७० वर्षीय मणिराम यादव र सोही गाउँपालिका १ बस्ने ६० वर्षीय बिन्दे दास रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, धनुषाकै मुखिया पट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाही बस्ने ५५ वर्षीय सत्य नरायन साफीको खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति: १९:०० बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१