बोनम्यारो पीडित सुशील शाहीलाई युनिक स्वयमसेवक नेपालद्वारा १५ लाख ८५ हजार सहयोग
काठमाडौं, २७ साउन : बोनम्यारो पीडित दैलेख भगवती गाउँपालिका–२ निवासी दिनेश शाहीका छोरा ११ वर्षीय सुशील शाहीलाई उपचारको लागि युनिक स्वयमसेवक नेपालले आर्थिक सहयोग....jpg)
काठमाडौं, २७ साउन : बोनम्यारो पीडित दैलेख भगवती गाउँपालिका–२ निवासी दिनेश शाहीका छोरा ११ वर्षीय सुशील शाहीलाई उपचारको लागि युनिक स्वयमसेवक नेपालले आर्थिक सहयोग गरेको छ ।
आज (बुधबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै युनिक स्वयमसेवक नेपालले बिरामी शाहीको उपचारको लागि पुर्वमन्त्री कुन्ती कुमारी शाहीमार्फत १५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको हो ।
अध्यक्ष एजिला बस्नेत रहेको यस संस्थाले उक्त रकम बिरामी बालकको उपचारमा व्यवस्थापकीय भूमिका निभाउँदै आएकी तथा पुर्वमन्त्री कुन्तीकुमारी शाहीलाई हस्तान्तरण गरेको हो। बालकको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइहरेको छ।
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











