Kathmandu Press

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : गगन थापा

मेलम्ची, साउन २७ : पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेका छन्।...
बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : गगन थापा

मेलम्ची, साउन २७ : पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेका छन्। थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्। 

मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए। उनले तत्काल नदी तटबन्ध गर्ने, पुल निर्माण गर्ने, टुटेका सडक सञ्जाल निर्माणका लागि आफूले पहल गर्ने बताए। उनले भ्रेमाथाङको पहिराको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको जानकारी आउने समेत बताए। 

अघिल्लो सरकारले घोषणा गरेको तत्कालका लागि रु ५० हजार र घर बनाउन दिइने रु पाँच लाख पीडितले कहिले पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वमन्त्रीसमेत रहेका थापाले त्यो छिट्टै नै कार्यान्वयन भएर आउने दाबी गरे।

प्रकाशित मिति: १६:०० बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्