पार्किङ गरिराखेको जेसिबीमा आगजनी
धनुषा, साउन २७ : धनुषाको बिदेह नगरपालिका-३ कर्महीस्थित भगवती फिक्स इँट्टा उद्योगमा पार्किङ गरी राखेको ना१क ४७५७ नम्बरको जेसिबीमा मंगलबार बिहान आगजनी गरिएको...
धनुषा, साउन २७ : धनुषाको बिदेह नगरपालिका-३ कर्महीस्थित भगवती फिक्स इँट्टा उद्योगमा पार्किङ गरी राखेको ना१क ४७५७ नम्बरको जेसिबीमा मंगलबार बिहान आगजनी गरिएको छ।
आगजनीका कारण जेसिबी पूर्ण रूपमा जलेर करिब ३९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
इँट्टा उद्योगका साहु सोही नगरपालिका-७ घर भएका महोमद हनिफ मनसुरी र इँट्टा बनाउने ठेकेदार ३८ वर्षीय अकिल हुसेनबीच विवाद हुँदा हुसेनले उक्त जेसिबीमा आगजनी गरी फरार भएको बताइएको छ।
आगजनीमा संलग्न हाल फरार हुसेनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १५:४० बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)