Kathmandu Press

कास्की र मोरङमा एकएकजना मृत फेला

काठमाडौं, साउन २७ : कास्की र मोरङमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।कास्कीको पोखरा महानगरपालिका-१४ बिजयपुरस्थित पानीको धारामा हाल नाम, थर, वतन नखुलेका...
कास्की र मोरङमा एकएकजना मृत फेला

काठमाडौं, साउन २७ : कास्की र मोरङमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।

कास्कीको पोखरा महानगरपालिका-१४ बिजयपुरस्थित पानीको धारामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलाबर मृत अवस्थामा फेला परेको प्हरीले जनाएको छ। 

त्यस्तै मोरङको केराबारी गाउँपालिका-१० स्थित खदम खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।     

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्