स्रोत नखुलेको रकमसहित चारजना पक्राउ
काठमाडौं, साउन २७ : स्रोत नखुलेको रकमसहित काठमाडौंमा चारजना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चारजनालाई स्रोत नखुलेको नगद ९१...
काठमाडौं, साउन २७ : स्रोत नखुलेको रकमसहित काठमाडौंमा चारजना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत चारजनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-२२ गणबहालस्थित तरुणको तनुज इन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा स्रोत नखुलेको रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको छ।
प्रकाशित मिति: १४:४० बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











