सिरहामा ट्रयाक्टर पल्टिँदा एकको मृत्यु
लहान, साउन २७ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ। नम्बर मेटिसकेको ट्र्याक्टर...
लहान, साउन २७ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ।
नम्बर मेटिसकेको ट्र्याक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्रयाक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ।
ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ। ट्रयाक्टरका चालक र ट्रयाक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:२७ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)