चितुवाको छालासहित दुईजना पक्राउ
पाल्पा, साउन २७ : पाल्पामा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्।रिब्दीकोट गाउँपालिका–५ कुसुम खोला देउराली भन्ने स्थानबाट चितुवाको ६ फिट ४ इन्च लम्बाइ,...
पाल्पा, साउन २७ : पाल्पामा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन्।
रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट चितुवाको ६ फिट ४ इन्च लम्बाइ, २ फिट १ इन्च चौडाइ भएको एक थान छाला सहित उनीहरू मंगलबार पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय विष्णुबहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन्।
मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु३७प ४४४ नम्बरको मोटरसाइकललाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूूह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त छालासहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई थप अनसुन्धानका लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रकाशित मिति: १३:१८ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











