Kathmandu Press

मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, साउन २७ : मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक आइपुगेकाले देशभर...
मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, साउन २७ : मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सविना शाक्यले बताए।

अबको दुईतीन दिन देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने र एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ छ।

वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहनाका साथै प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्