मालीमा नेपाली शान्ति सेनाको अदली बदली सुरु
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि मालीमा पुगेका नेपाली शान्ति सेनाको अदली बदली सुरु भएको छ।काठमाडौं, साउन २७ : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि मालीमा पुगेका नेपाली शान्ति सेनाको अदली बदली सुरु भएको छ।
मालीमा तैनाथ ईओडी गुल्म शान्ति सेना सातौं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी संगीत पुनको नेतृत्वमा ईओडी गुल्म शान्ति सेना आठौं डफ्फाको १३९ जना सैनिक मंगलबार शान्ति सेनाको विशेष चार्टर्ड उडानमा माली प्रस्थान गरेको सेनाले जनाएको छ।
साथै मालीमा आफ्नो कार्यकाल समाप्तीपश्चात नेपाली शान्ति सैनिकहरूको टोली सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना मंगलबार नेपाल फर्केका छन्।
कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको पनि नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: ११:०२ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

-1789453539.jpg)