राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट पोखरामा
काठमाडौं, साउन २७ : राष्ट्रिय फुटबल टोलीले आजदेखि पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ।पोखरास्थित अन्तराष्ट्रिय रंगशालामा हुने प्रशिक्षण दुई सातासम्म चल्ने अखिल नेपाल...
काठमाडौं, साउन २७ :राष्ट्रिय फुटबल टोलीको आजदेखि पोखरामा बन्द प्रशिक्षण हुने भएको छ।
पोखरास्थित अन्तराष्ट्रिय रंगशालामा हुने प्रशिक्षण दुई सातासम्म चल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहनेछ।
टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउनेछन्। प्रशिक्षणका लागि राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियल सहितको टोली मंगलबार नै पोखरा पुगेको छ।
दक्षिण एशियाली फुटबलले आयोजना गर्ने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली बन्द प्रशिक्षणमा जुट्न लागेको हो। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा हुँदै छ।
प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











