Kathmandu Press

नागढुङ्गाबाट लागूऔषध नाईट्राभेटसहित ३ जना पक्राउ  

काठमाडौं, साउन २६ : चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले लागूऔषध नाईट्राभेटसहित ३ जना पक्राउ परेका छन्। १ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध...
नागढुङ्गाबाट लागूऔषध नाईट्राभेटसहित ३ जना पक्राउ  

काठमाडौं, साउन २६ : चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले लागूऔषध नाईट्राभेटसहित ३ जना पक्राउ परेका छन्। 

१ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित सप्तरी बोदेबरसाई नगरपालिका १ २० वर्षीय अर्जुन साह, सोही नगरपालिका २ का मनु साह र सुनसरी धरान उपमहानगरपालिका १६ का २५ वर्षीय सिदान्त श्रेष्ठ पक्राउ परेका हुन्।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लहानबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३ ००१ ख ७१९ नम्बरको बसबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि थप अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। 

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्