सुन जस्तो देखिने धातुसहित १ जना पक्राउ
काठमाडौं, साउन २६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले सुन जस्तो देखिने धातुसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ...
काठमाडौं, साउन २६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले सुन जस्तो देखिने धातुसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेत रहेका छन्।
अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको सुनजस्तो देखिने धातुको ३ थान बालासहित मंगलबार बिहान बस्नेत पक्राउ परेका हुन्।
जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहरुलाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई उक्त धातुसहित प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १८:४० बजे, मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











