Kathmandu Press

तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत ३१ हजार २ सय २९ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं, साउन २६ : ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ३१ हजार २ सय २९ जनालाई निःशुल्क मास्क...
तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत ३१ हजार २ सय २९ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं, साउन २६ : ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ३१ हजार २ सय २९ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ९१ हजार ७ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरेको प्रहरीले जनाएको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्ने २ सय ४९ जनालाई २४ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ। सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १० हजार ८ सय २२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। 

साथै, देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको २ सय ५० वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३८ हजार ९ सय ७३ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्