मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी
काठमाडौं, असार २८ : टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ।
क्वालालम्पुरस्थित कि....

काठमाडौं, असार २८ : टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा शनिबार बिहान भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा तीन विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि कप्तान पारस खड्काले नटआउट ८६ रनको योगदान दिए। ५० बलको सामना गरेका कप्तान पारसले पाँच छक्का र ८ चौका प्रहार गर्दै ८६ रन जोडेका थिए। यस्तै, शरद भेष्वाकरले १६, प्रदिप ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७ र कुमार पौड्यालले ५ रनको योगदान दिएका थिए।
मलेसियाका लागि अनुबर रहमानले दुई तथा फितृ सामले एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि भिरन्दीपले सर्वाधिक ५७ र कप्थान फाइजले ४५ रनको योगदान दिएका थिए।
नेपालका लागि करण केसीले तीन, बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिँदा सोमपाल कामीले लिएका थिए।
मलेसियाविरूद्धको दोस्रो तथा अन्तिम सिरिज नेपालले भोलि खेल्नेछ।











