Kathmandu Press

धादिङमा चर्छन् चितवनका मौरी

धादिङ, साउन २६ : वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन्। मौरीलाई चाहिने फूलको रस...
धादिङमा चर्छन् चितवनका मौरी

धादिङ, साउन २६ : वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन्। मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ। 

चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै आएका ७० वर्षीय अशोक बस्नेत अझै जोस् र जाँगरका साथ मौरी चराउँदै हिँडिरहेका छन्। उनीसँगै अर्जुन कार्की, सुरेश बस्नेत र कुमार कार्कीसमेत ४५० घार मौरी लिएर चराउन आएका छन्। धादिङमा मेलिफेराजातको मौरीका लागि उपयुक्त स्थान भएकोले मौरी चराउन ल्याएको बन्सेटारमा भेटिनुभएका अर्जुनले बताए। धादिङमा चराउन ल्याइएका मौरी भदौसम्म राखिने उनले बताए।
 

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्