सिंगापुर पठाइदिन्छु भन्दै २ करोड बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं, २६ साउन : सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । समृद्धि...
काठमाडौं, २६ साउन : सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाई सम्पर्क बिहिन भएको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । साथै ठगीमा संलग्न फरार कम्पनीका संचालक सहित ४ जनाको खोजी भइरहेको छ।











