कैलालीमा हातहतियारसहित दुई जना पक्राउ
कैलाली, साउन २६ : प्रहरीले कैलालीमा दुईथान हतियार र त्यसमा लाग्ने गोलीसहित २ जनालाई पक्राउ गरेको छ।सोमबार राति करिब १२ बजेतिर ईलाका प्रहरी कार्यालय...
कैलाली, साउन २६ : प्रहरीले कैलालीमा दुईथान हतियार र त्यसमा लाग्ने गोलीसहित २ जनालाई पक्राउ गरेको छ।
सोमबार राति करिब १२ बजेतिर ईलाका प्रहरी कार्यालय मसुरियाको टोलीले गौरीगंगा नगरपालिका(९ शंकरपुरस्थित पूर्वपश्चिमबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमबाट पूर्वतर्फ छुटेको गरेको बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिपभित्र लुकाई राखिएको अवस्थामा १२ बोर बन्दुक १ थान, त्यसमा लाग्ने कार्टिज १, पोईन्ट टु टु बन्दुक १ र त्यसका लाग्ने गोली १० राउण्ड फेला परेको हो ।
जिपमा सवार धनगढी उपमहानगरपालिका(२ का मोहित शाह र कैलारी गाउँपालिका–९ का वडा अध्यक्ष खेमराज चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको छ । वडा अध्यक्ष चौधरी यसअघि वन मुद्दामा फरार रहेको प्रहरलिे जनाएको छ ।











