Kathmandu Press

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

काठमाडौं, साउन २६ : राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश...
राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

काठमाडौं, साउन २६ : राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेश गरिएको छ। 

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। यस्तै गुरुङले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गरे। 

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ राष्ट्रियसभा समक्ष पेश गरे। 

प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्