Kathmandu Press

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

काठमाडौं, साउन २६ : एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ।फिलिपिन्समा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तय भएको २१औं संस्करणको...
एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

काठमाडौं, साउन २६ : एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ।

फिलिपिन्समा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तय भएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको हो।

कोरोना भाइरसको महामारीका कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको जनाएको छ।

फिलिपिन्स लागू गरिएको लकडाउनका कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जनाएका छन्। अब कोरोनाको अवस्था हेरेर मात्रै यसमा निर्णय गरिने जनाएको छ।

 

प्रकाशित मिति: ०८:४७ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्