शाखा अधिकृतको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश
काठमाडौं, साउन २६ : लोक सेवा आयोगले संघको शाखा अधिकृत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम...
काठमाडौं, साउन २६ : लोक सेवा आयोगले संघको शाखा अधिकृत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
न्यायाधीशहरू तेजबहादुर केसी र डा. कुमार चुडालको संयुक्त इजलासले पदपूर्ति प्रक्रिया अघि नबढाउन आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै आयोगको पदपूर्ति प्रक्रियामा रहेका ६ सय ७४ पदको विज्ञापन रोकिएको छ।
कर्मचारी समायोजना गर्दा संघमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी नभएको भन्दै स्थानीय तहमा पठाइएको थियो।
संघमा रिक्त पद हुँदाहुँदै आफूलाई स्थानीय तहमा पठाइएको र ती ३४ जनाभन्दा पछि आएका सङ्घमा वरिष्ठ हुने भएकाले समानता र प्रशासनिक न्यायको दृष्टिले कानून सम्मत नहुने नभएको भन्दै अर्जुन घिरिरेले रिट दायर गरेका थिए।
सर्वोच्चको आदेशमा भनिएको छ, “निवेदकको पद संख्यामा पदपूर्ति नगरी सो पदमा यी निवेदकलाई कर्मचारी समायोजन गर्ने कारबाही गर्न गराउन अन्तरिम आदेश जारी गरिएको छ।”











