Kathmandu Press

१५ हजार नयाँ शिक्षकको पदपूर्ति गर्ने तयारी

काठमाडौं, साउन २६ : शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र १५ हजार नयाँ शिक्षकको पदपूर्ति गर्ने तयारी गरेको छ।अहिले करीब १५ हजार शिक्षक...
१५ हजार नयाँ शिक्षकको पदपूर्ति गर्ने तयारी

काठमाडौं, साउन २६ : शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र १५ हजार नयाँ शिक्षकको पदपूर्ति गर्ने तयारी गरेको छ।

अहिले करीब १५ हजार शिक्षक पदपूर्ति गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी चलिरहेको आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले बताए।

उनका अनुसार ढिलोमा असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले काम भइरहेको बताए। नयाँ शिक्षक पदपूर्तिका लागि आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गर्न पत्रचार गरेको छ।

यसअघि केन्द्रले गत चैतसम्मको रिक्त दरबन्द पठाएको थियो। अहिले पछिल्लो विवरण पनि थप्न पत्राचार गरेको हो।

चैतसम्म १२ हजार शिक्षकको दरबन्दी खाली रहेको अध्यक्ष रेग्मीले बताए। साउनसम्म गरेर १५ हजार शिक्षकको दरबन्दी खाली रहेको आयोगको अनुमान छ।

 

प्रकाशित मिति: ०७:२१ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्