Kathmandu Press

कर्णालीमा डुङ्गा दुर्घटनापछि बेपत्ता युवती मृत फेला

कैलाली, साउन २६ : आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता भएकी युवती मृत फेला परेकी छिन्।कर्णाली...
कर्णालीमा डुङ्गा दुर्घटनापछि बेपत्ता युवती मृत फेला

कैलाली, साउन २६ : आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता भएकी युवती मृत फेला परेकी छिन्।

कर्णाली नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका-३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जाने क्रममा डुङ्गा दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो। त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए।

प्रकाशित मिति: ०६:३५ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्