प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं, साउन २५ : बिजयनगर गाउँपालिका १ गौरिघाटस्थित सडकमा ड्युटी खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ...
काठमाडौं, साउन २५ : बिजयनगर गाउँपालिका १ गौरिघाटस्थित सडकमा ड्युटी खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय कृष्ण बहादुर न्यौपाने र सोही गाउँपालिका ४ बस्ने २८ वर्षीय प्रेम बहादुर सुनार रहेका छन् ।
लु १७ प ३५०५ र लु २२ प ८६७८ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा करिब ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको कुखुरा ल्याउँदै गरेका उनीहरूलाई अस्थाई प्रहरी पोष्ट खडैचाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:४९ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











