Kathmandu Press

९ लाख ९३ हजार रुपैयाँ जाली नोटसहित ३ जना पक्राउ 

रौतहट, साउन २५ : रौतहटको ईशनाथ नगरपालिका ४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोटसहित ३ जना पक्राउ परेका छन्। आइतबार साँझ...
९ लाख ९३ हजार रुपैयाँ जाली नोटसहित ३ जना पक्राउ 

रौतहट, साउन २५ : रौतहटको ईशनाथ नगरपालिका ४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोटसहित ३ जना पक्राउ परेका छन्। 

आइतबार साँझ प्रहरीले धनुषा बट्टेश्वर गाउँपालिका ४ का ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका ९ का ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका ४ का २५ वर्षीय दिपेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको जाली नोटसहित पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ। 

प्रकाशित मिति: १८:२९ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्