Kathmandu Press

‘तपाईंको मास्क खोई?’कार्यक्रम अन्तर्गत २२ हजार ७ सय ६२ जनालाई नि:शुल्क मास्क वितरण

काठमाडौं, साउन २५ : ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले गत २४ घण्टामा २२ हजार ७ सय ६२ जनालाई निःशुल्क मास्क...
‘तपाईंको मास्क खोई?’कार्यक्रम अन्तर्गत २२ हजार ७ सय ६२ जनालाई नि:शुल्क मास्क वितरण

काठमाडौं, साउन २५ : ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले गत २४ घण्टामा २२ हजार ७ सय ६२ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले वैशाख ५ गतेदेखि निःशुल्क मास्क वितरण गर्दै आएको थियो।

उक्त समयदेखि हालसम्म जम्मा ५ लाख ६० हजार ५ सय ११ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ७८ जनालाई १७ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ। सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८ हजार ८ सय ६० जनालाई सम्झाई बुझाई छाडिएको छ।

साथै, देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको १ सय ९१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २६ हजार १९ जनालाई सचेत गराइएको छ।

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्