Kathmandu Press

इपिएल चौथो संस्करणको ट्रफी सार्वजनिक

काठमाडौं, साउन २५ : एभरेस्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको टी-२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।इपीएलले आज (सोमबार) प्रतियोगिताका विजेताले पाउने उपाधि...
इपिएल चौथो संस्करणको ट्रफी सार्वजनिक

काठमाडौं, साउन २५ : एभरेस्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको टी-२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।

इपीएलले आज (सोमबार) प्रतियोगिताका विजेताले पाउने उपाधि प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो।
 
इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंसराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले ट्रफी सार्वजनिक गरेका हुन्। 

असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुने चौथो संस्करणको मुख्य प्रायोजक बजाज पल्सर रहको छ।

यस प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ।
 
प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन्, जसमा पोखरा राइनोज, काठमान्डु किंग्स ११, ललितपुर प्याट्रियोट्स, भैरहवा ग्ल्याडिएटर्स, चितवन टाइगर्स र विराटनगर वारियर्स पर्छन्। 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्