Kathmandu Press

एक किलो चरेससहित भारतीय नागरिक पक्राउ

जाजरकोट, साउन २५ : जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भे १ ज ९०७...
एक किलो चरेससहित भारतीय नागरिक पक्राउ

जाजरकोट, साउन २५ : जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेससहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा चरेश ल्याइएको जानकारीका आधारमा प्रहरीले खानतलासी गर्दा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका–४ बाट प्रक्राउ गरिएको हो ।

भारतीय नागरिक अहमदलाई झोलामा लुकाइ राखेको एक किलो चरेश र उनको साथबाट रु ४५ हजार ५०० भारतीय रुपैयाँ र स्क्रिन टच मोबाइल एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार भेटिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:२० बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्