Kathmandu Press

१३औं साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने 

काठमाडौं, साउन २५ : १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप...
१३औं साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने 

काठमाडौं, साउन २५ : १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप फुटबल आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा गर्ने निर्याय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

प्रतियोगिताको जिम्मा पाएको बंगलादेशले कोरोना महामारीका कारण गर्न नसक्ने बताएपछि ६० प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेको हुनाले माल्दिभ्समा गर्ने निर्णय गरिएको जनाइएको छ।   

१३औँ साफ फुटबलमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको एन्फाले जनाएको छ। भुटानले भने निर्णयका लागि तीन दिनको समय मागेको जनाइएको छ।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्