मृत अवस्थामा तीनजना फेला
काठमाडौं, साउन २५ : प्युठान, कैलाली र झापामा एकएकजना मृत अवस्थामा भेटिएका छन्।प्यूठान नगरपालिका-४ विजुवारस्थित झिमरुख खोलमा सोही नगरपालिका-१० सारीबाङ बस्ने २२ वर्षीय...
काठमाडौं, साउन २५ : प्युठान, कैलाली र झापामा एकएकजना मृत अवस्थामा भेटिएका छन्।
प्यूठान नगरपालिका-४ विजुवारस्थित झिमरुख खोलमा सोही नगरपालिका-१० सारीबाङ बस्ने २२ वर्षीय सागर केसी आइतबार मृत अवस्थामा फेला परेको प्हरीले जनाएको छ।
त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली नदीमा हाल नाम, थर, वतन, नखुलेकी करिब ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
झापाको झापा गाउँपालिका-५ बिरिङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १५:२५ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











