सवारी दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौं, साउन २५ : कैलाली र रौतहटमा भएका सवारी दुर्घटनामा परी दुुईजनाको मृत्यु भएको छ।कैलालीको बर्दगोरिया गाउँपालिका-१ टिनबजारस्थित सडकमा से७प ८०२ नम्बरको मोटरसाइकलको...
काठमाडौं, साउन २५ : कैलाली र रौतहटमा भएका सवारी दुर्घटनामा परी दुुईजनाको मृत्यु भएको छ।
कैलालीको बर्दगोरिया गाउँपालिका-१ टिनबजारस्थित सडकमा से७प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-१ उत्तरमुडा बस्ने ७२ जगत बहादुर साउदको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएके छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल प्रालि बौनिया कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै घाइते भएका मोटरसाइकलमा सवार मोहन्याल गाउँपालिका–३ सल्लेरी बस्ने १६ वर्षीय दुर्गा बोगटीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ। फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथर नहरमा ना५च ३१६६ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल पानीमा खसेर सोमबार बिहान दुर्गटना हुँदा गाडीमा सवार गढीमाई बस्ने ४५ वर्षीया मीनादेवी कोइरीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका गाडीमा सवार नौमध्ये आठजनालाई मोडल अस्पताल सर्लाही र १ जनालाई जिल्ला अस्पताल चपुर पठाइएको छ।
घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले दुर्घटनामा परेका आठजनालाई सकुशल उद्धार गर्नुका साथै बेपत्ता भएकी सोही ठाउँ बोधीवन बस्ने ६५ वर्षीया सुनरी देवी मुखियाको खोजी गरिरहेको छ। गाडी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।











