Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ 

काठमाडौं, साउन २५ : काठमाडौं र स्याङ्जाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१० मध्यबानेश्‍वरस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ३६ वर्षीय हेम कार्कीलगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक ताससहित पक्राउ गरेको हो। 

स्याङ्जाको वालिङ नगरपालिका-९ क्याम्पस रोड डेरा गरी बस्ने ख्यामबहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुकबहादुर थापा लगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको कोठामा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको हो। 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्