Kathmandu Press

जबर्जस्ती करणीको आरोपमा तीनजना पक्राउ 

काठमाडौं, साउन २५ : जबर्जस्ती करणीको आरोपमा म्याग्दी, बर्दिया र मोरङबाट तीन जना पक्राउ परेका छन्।म्याग्दीमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा...
जबर्जस्ती करणीको आरोपमा तीनजना पक्राउ 

काठमाडौं, साउन २५ : जबर्जस्ती करणीको आरोपमा म्याग्दी, बर्दिया र मोरङबाट तीन जना पक्राउ परेका छन्।

म्याग्दीमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका-५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सोहनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

बर्दियामा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने मधुबन नगरपालिका-२ बङ्गालीपुर घर भएका १९ वर्षीय विण्णु थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार राति थारुले राजापुर नगरपालिका-१० झुन्डीपुरस्थित गजुरमुखी क्रसर उद्योगमा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै मोरङमा ८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-१ पाटीगाउँ बस्ने २७ वर्षीय सूर्यकुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

राईले गत बिहीबार ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्