सुनको सिक्री लुटेर भाग्दै गर्दा एकजना पक्राउ
काठमाडौं, साउन २५ : सुनको सिक्री लुटेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन्। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको...
काठमाडौं, साउन २५ : सुनको सिक्री लुटेर भाग्दै गर्दा काठमाडौंको बुढानिलकण्ठमा एकजना पक्राउ परेका छन्।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदी आइतबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ।
सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा अन्जितलाई पक्राउ गरेको जनाइएको छ।
प्रकाशित मिति: १३:२० बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











