संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित ललितपुरबाट तीन जना पक्राउ
काठमाडौं, साउन २५ : संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले धादिङ थाक्रे गाउँपालिका–५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम...काठमाडौं, साउन २५ : संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले धादिङ थाक्रे गाउँपालिका–५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका–३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका–५ गोगनटारका २३ वर्षीय सुमन बिकलाई पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट जीवित भैंसेगोहोरो सहित आइतबार पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ।
प्रकाशित मिति: १३:०९ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











