Kathmandu Press

सडक सफा नगर्दा यातायातका साधन चल्न सकेनन्

सिन्धुपाल्चोक, साउन २५ : करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन्। साउन १७ र...
सडक सफा नगर्दा यातायातका साधन चल्न सकेनन्

सिन्धुपाल्चोक, साउन २५ : करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन्। साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करिब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ। 

बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची नगरपालिकाका विभिन्न स्थानका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।वैकल्पिक रुपमा रहेको किउल, पाल्चोक, दुवाचौर र मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेको छ। 

हेलम्बु–२ का वसन्त रिमाल  यो बाटो सञ्चालनमा आए खाद्य सामग्री ल्याउन सहज हुने बताउँछन्। बाढीले पुल बगाएपछि हेलम्बु तथा आमा ह्योल्मोका केही बस र ट्रक किउल, पाल्चोक र दुवाचौरमा रहेका छन्। बाटो सञ्चालनमा आए हेलम्बु, पाल्चोक, मेलम्ची , दुवाचौर, बाँसखर्क र बरुवा बस चल्ने छन्। मेलम्ची– ८ का स्थानीयवासी अरुण लामा स्थानीय सरकारले ध्यान नदिँदा बाटो सफा नभएको गुनासो गर्छन्। मेलम्ची– ७ को विचारीचौरमा ९०० मिटर र सेल्लेमा ५० मिटर बाटो हिलाम्मे रहेकाले मोटरसाइकलमा समेत यात्रा गर्न कठिन रहेको छ।

हेलम्बु गाउँपालिका क्षेत्रमा ग्राबेल हालिसकेको र अब मेलम्ची नगरपालिकाले दुई ठाउँमा ग्राभेल हाले बस चल्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बाटो निमार्णका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिए। मेलम्ची– ७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले चार लाख नगरले बजेट विनियोजन गरेको र मङ्गलबारबाट काम सुरु हुने बताए । 

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्