Kathmandu Press

पर्वतको जिपलाइन दशैंसम्म सञ्चालन हुने

पर्वत, साउन २५ : पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ।पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड  लगानीमा...
पर्वतको जिपलाइन दशैंसम्म सञ्चालन हुने
फाइल फोटो

पर्वत, साउन २५ : पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ।

पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड  लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए। उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए।

अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेका छन्। त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए।

जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको जनाएको छ। पर्वतमा साहसिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्वपूर्ण हुने विश्वास लिइएको छ।

जिपलाइनको परीक्षण अब १५ दिनपछि गर्ने तयारी भइरहेको बस्नेतले बताए। यस्तै ६ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्वीमिङ पुल निर्माणको काम सक्ने उनको भनाइ छ।

 

प्रकाशित मिति: ०८:५२ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्