Kathmandu Press

आज विश्व आदिवासी दिवस मनाइँदै

आज विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौं, साउन २५ : आज २७औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

यो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दै छन्। यस वर्ष ‘कसैलाई पछाडि नछोडौं स् आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघले भने नेपालमा छुट्टै नारा तय गरेको छ। महासंघले ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नारा दिएको छ।

यो दिवस हरेक वर्ष अगष्ट ९ तारिखमा मनाइन्छ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन्।

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्