Kathmandu Press

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

काठमाडौं, साउन २४ : राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बन्द...
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

काठमाडौं, साउन २४ : राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बन्द प्रशिक्षणको टुङ्गो लगाएको हो । । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले पोखरामा तयारी गर्ने छ । नेपालमा आगामी भदौमा भारतसित हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा  नेपाली टोली जुटेको हो । 

बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएपछि उनीहरूको ठाउँमा शिशिर लेखि र सेसेहाङ आङ्देम्बेलाई टोलीमा सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै गोलकिपरका रूपमा विशाल सुनारलाई पनि बन्द  प्रशिक्षणमा सहभागी गराइने भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई प्रशिक्षण दिनुहुने छ । आगामी अक्टोबरमा १३औँ साफ च्याम्पियनसिप आयोजना हुने भएको छ । 

साफ च्याम्पियनसिप आयोजना गर्न नेपालले प्रस्ताव अघि सारेको छ । बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट र शिशिर लेखी रहेका छन् । 

यस्तै बन्द प्रशिक्षणमा आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ र विक्रम लामालाई सहभागी गराइने भएको छ । 

प्रकाशित मिति: २०:२३ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्