Kathmandu Press

कर्णालीमा सञ्चारमैत्री कानुन बनाउँछु : मन्त्री नेपाली

कर्णाली, साउन २४ : कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याइने भएको छ। नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, मानवअधिकार सञ्चार प्रतिष्ठान, फ्री मिडिया नेटवक सुर्खेत...
कर्णालीमा सञ्चारमैत्री कानुन बनाउँछु : मन्त्री नेपाली

कर्णाली, साउन २४ : कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याइने भएको छ। 

नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, मानवअधिकार सञ्चार प्रतिष्ठान, फ्री मिडिया नेटवक सुर्खेत र  इन्टरनेशनल अलर्टको संयुक्त आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले कर्णाली प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याउने जानकारी दिइन्।  

प्रदेश सरकारको प्रवक्तासमेत रहेकी मन्त्री नेपालीले विषय विज्ञसहित सरोकारवाला पक्षहरुसँग छलफल गरेर कर्णाली सुहाउँदो सञ्चारमैत्री कानुन ल्याउने बताउँदै पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। योभन्दा अगाडि बनेको कर्णाली प्रदेशको प्रसारण ऐन संशोधनको तयारी भइरहेको पनि उनले जानकारी दिइन्।  

मन्त्री नेपालीले आमसञ्चार प्रतिष्ठान विधेयक प्रदेशसभामा दर्ता भएको र लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै सञ्चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सरोकारवालाको सहभागितामा छलफल गरेर निर्माण गरिने बताइन्। 

    
नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षाका लागि प्रदेश सरकार तथा स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउँदै यसका लागि प्रदेश सरकारले सरोकारवालाको सहभागितामा सञ्चारमैत्री कानुन ल्याउनुपर्नेमा जोड दिए।  

कार्यक्रममा पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षामा आइपर्ने सवालहरुलाई पहिचान गरेर अगाडि बढ्न सकिने विषयमा मानवअधिकार सञ्चार प्रतिष्ठानका निराजन नेपालीले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्