बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, साउन २४ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१० गोंगबु बस्ने पाँचथर जिल्ला मिक्लाजुङ् गाउँपालिका(५ घर भएका ४२ वर्षीय चिरायु खालिङ्लाई...
काठमाडौं, साउन २४ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने पाँचथर जिल्ला मिक्लाजुङ् गाउँपालिका(५ घर भएका ४२ वर्षीय चिरायु खालिङ्लाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
बैंकिङ कसूर मुद्दामा २०७७ फागुन १० गते उच्च अदालत पाटनबाट ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महालक्ष्मीथानबाट पक्राउ गरेको हो।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उनलाई अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको उक्त ब्युरोले जनाएको छ।
प्रकाशित मिति: १७:५५ बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











