Kathmandu Press

‘देश बनाउन युवा क्रियाशील बन्नुपर्छ’

काठमाडौं, साउन २४ : रोटरी क्लब अफ दमौलीका संस्थापका अध्यक्ष एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले युवा क्रियाशीलता नरहे देश बन्न नसक्ने बताएका छन्। रोटर्‍याक्ट...
‘देश बनाउन युवा क्रियाशील बन्नुपर्छ’

काठमाडौं, साउन २४ : रोटरी क्लब अफ दमौलीका संस्थापका अध्यक्ष एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले युवा क्रियाशीलता नरहे देश बन्न नसक्ने बताएका छन्। रोटर्‍याक्ट क्लब अफ भानुद्वारा आज यहाँ आयोजित भानु नगरपालिकाका युवाका लागि नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले युवा जोस र जाँगरसँगै नेतृत्व सीप विकास गर्ने अभियानमा क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए। 

कार्यक्रमका प्रशिक्षक रोटरी डिष्ट्रिक्टका वरिष्ठ प्रशिक्षक एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले नेतृत्वको सीप युवाका लागि अति आवश्यक रहेकाले यसको माध्यमबाट नै युवाले सफलता पाउनसक्ने बताए। प्रशिक्षक सिर्जनशील युवा मञ्च तनहुँका अध्यक्ष एवं दमौली न्यूजका सम्पादक पवन पौडेलले युवाको नेतृत्व सीपसँगै बोल्ने कलाले पनि नेतृत्व विकास र सफलतामा गहिरो प्रभाव राख्ने बताए। 

रोटर्‍याक्ट क्लब अफ दमौलीका पूर्वअध्यक्ष मनोज राउतले क्लबका गतिविधिले समाजमा धेरै सकारात्मक प्रभाव पारेकाले सदैब सक्रिय रहनुपर्नेमा जोड दिए। अर्का प्रशिक्षक एवं मञ्चका उपाध्यक्ष सुमन श्रेष्ठले हिम्मत नहार्ने र प्रयास गर्न नछोड्ने बानीले मात्र युवालाई सफलताको बिन्दुमा लैजान सहज हुने बताए। 

क्लबका अध्यक्ष सन्तोष ढकालले भानु नगरपालिकामा पहिलो पटक स्थापना गरेको क्लबले यस क्षेत्रमै पहिलो पटक युवा नेतृत्व विकासका लागि प्रशिक्षण गरेको भन्दै आगामी दिनमा नेतृत्व विकाससँगै सामाजिक अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाए। 

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्