Kathmandu Press

बिदाइ कार्यक्रममा भक्कानिए मेसी 

काठमाडौं, साउन २४ : स्पेनिस फुटबल क्लब बार्सिलोनामा रहँदै आएका स्टार खेलाडी लियोनल मेस्सी रुँदै बिदा भएका छन्। लालिगाको वित्तीय नियमअनुसार बार्सिलोनामा नवीकरण सम्झौता...
बिदाइ कार्यक्रममा भक्कानिए मेसी 

काठमाडौं, साउन २४ : स्पेनिस फुटबल क्लब बार्सिलोनामा रहँदै आएका स्टार खेलाडी लियोनल मेस्सी रुँदै बिदा भएका छन्। 

लालिगाको वित्तीय नियमअनुसार बार्सिलोनामा नवीकरण सम्झौता नभएपछि मेसीले २१ वर्षपछि सो क्लब छाडेका हुन्। गत जुन ३० मै उनको बार्सिलोनासँगको सम्झौता सकिएको थियो। आज (आइतबार) क्लबले उनको बिदाइमा एउटा कार्यक्रम राखेको थियो। 

बिदाइ कार्यक्रममा उनलाई स्टेजमा बोल्न लगाइएको थियो। स्टेज नचढ्दै सुकसुकाउन थालेका मेसी आफ्नो भनाइ राखुन्जेल रोइरहे। उनी राेएपछि उपस्थित खेलाडी, दर्शकलगायत पनि भक्कानिएका थिए। 

‘मलाई बार्साको असाध्यै माया लाग्छ। म क्लब छाड्न तयार थिइनँ र छैन पनि। म असाध्यै पीडामा छु,’ मेसीले कार्यक्रममा भने।

उनले यो दिनलाई आफ्नो जीवनकै सबैभन्दा कठिन घडी रहेको बताएका छन्। उनले बार्सामा डेब्यु गरेको दिन आफ्नो जिन्दगीको सबैभन्दा खुसीको दिन रहेको बताएका थिए।

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्