चलचित्रकर्मीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, साउन २४ : आज (आइतबार) धेरै चलचित्रकर्मीले कोरोनाविरुद्धको खोप लगाएका छन्।
सरकारले उपलब्ध गराएको भेरोसेल खोप नेपाल चलचित्र कलाकार संघको संयोजनमा आइतबार बिहान ९ बजेदेखि ललितपुरको पाटनढोकास्थित अशोक चलचित्र घर परिसरमा लगाउने क्रम जारी छ। खोप लाउने कार्यक्रम ४ बजेसम्मका लागि तय गरिएको कलाकार संघले जनाएको छ।
जसअनुसार बिहान ९ देखि १० बजेसम्म चलचित्र कलाकार र बिहान ११ देखि अपराह्न १२ बजेसम्म चलचित्र निर्माता र सिनेमा हल व्यवसायीलाई खोप लाउने समय छुट्ट्याइएको थियो।
त्यस्तै अपराह्न १ देखि २ बजेसम्म प्राविधिक, दिउँसो २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकार, दिउँसो ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे ३ बजेपछि जनजाति महासंघ र अन्य संघसंस्थामा आबद्ध चलचित्रकर्मीलाई खोप दिने समय छट्ट्याइएको थियो।
समयतालिकाअनुसार चलचित्रसम्बद्ध व्यक्तिहरु खोपकेन्द्रमा आइ खोप लगाउने क्रम चलि नै रहेका छ। अभिनेता पल शाह, पुष्प खड्का, दुर्गेश थापालगायतले सुरुतिरै खोप लगाएका थिए। कलाकारहरु आउने खो लाउने र जाने क्रम जारी छ।
कलाकार संघका अनुसार सरकारले चलचित्रकर्मीलाई दोस्रो डोज पनि निर्धारित समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।












