पारसको सम्मानमा क्यानले जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने
काठमाडौं, साउन २४ : नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काको जर्सीमा लेखिने ७७ नम्बर प्रयोगमा नल्याउने भएको छ।नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व...
काठमाडौं, साउन २४ : नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काको जर्सीमा लेखिने ७७ नम्बर प्रयोगमा नल्याउने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तानसमेत रहेका पारसको सम्मानमा क्यानले जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको हो।
आइतबार एक ट्विट गर्दै क्यानले त्यसबारे जानकारी दिएको हो। पारस सधैं ७७ नम्बरको जर्सीमा मैदानमा उत्रने गर्थे।
पारसले गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरिसकेका छन्।
१२ वर्षदेखि नेपाली क्रिकेट टिमको नेतृत्व गर्दै आएका सफल खेलाडी पारसले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि नेपाली क्रिकेटसँग सधैं जोडिएर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
खासगरी क्रिकेटको व्यवस्थापकीय तहमा रहेर काम गर्न चाहेको संकेत उनले देखाएका छन्।
प्रकाशित मिति: १५:२८ बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











